२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सच्चा समाजसेवीले केही लिदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् ।

एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्‍यौँ, त्यो महत्वपूर्ण कुरा हो’, प्रधानमन्त्री ओलीले भने, ‘गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।’

उनले समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामथ्र्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिए ।

परिषद्का सदस्य डा मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि गैरसरकारी संस्थाले रु दुई अर्ब सहयोग गरेको बताए ।

यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : १० बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज