२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बर्दियामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जना संक्रमित थपिए



बर्दिया । बर्दियामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र १ जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । आज संक्रमण पुष्टि भएकाहरु पनि केहीदिन अघि बाँसगढी स्थित चौधरी गु्रपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।

त्यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दिया र गुलरियाका ६।६ जना, बढैयातालका २ र गेरुवा र राजापुरका १।१ जना रहेका छन । आज संक्रमित देखिएका ३९ जनामध्ये १ जना बाँसगढी नगरपालिका र अर्का २ जना बढैयातालका गाउपालिकाका स्वास्थ्यकर्मी रहेको प्रमुख गिरीले बताए ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दियामा कुल संक्रमितको संख्या ५ सय ९५ पुगेको छ भने ४ सय ३२ जना कोरोना जीतेर घर फर्किएका छन । जिल्लाभर अहिले ९० जना पुरुष र ५६ जना महिला गरी १ सय ४६ जना उपचाररत रहेका छन । उनीहरु विभिन्न आईसोलेसनमा बसेर उपचार गराईरहेका छन् । त्यसैगरी हालबर्दियामा २ सय ३१ जना क्वारेन्टिनमा बसिरहेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ५३ बजे

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)