३ पुस २०८२, बिहिबार | December 18, 2025

बर्दियामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जना संक्रमित थपिए



बर्दिया । बर्दियामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र १ जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । आज संक्रमण पुष्टि भएकाहरु पनि केहीदिन अघि बाँसगढी स्थित चौधरी गु्रपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।

त्यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दिया र गुलरियाका ६।६ जना, बढैयातालका २ र गेरुवा र राजापुरका १।१ जना रहेका छन । आज संक्रमित देखिएका ३९ जनामध्ये १ जना बाँसगढी नगरपालिका र अर्का २ जना बढैयातालका गाउपालिकाका स्वास्थ्यकर्मी रहेको प्रमुख गिरीले बताए ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दियामा कुल संक्रमितको संख्या ५ सय ९५ पुगेको छ भने ४ सय ३२ जना कोरोना जीतेर घर फर्किएका छन । जिल्लाभर अहिले ९० जना पुरुष र ५६ जना महिला गरी १ सय ४६ जना उपचाररत रहेका छन । उनीहरु विभिन्न आईसोलेसनमा बसेर उपचार गराईरहेका छन् । त्यसैगरी हालबर्दियामा २ सय ३१ जना क्वारेन्टिनमा बसिरहेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ५३ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र