५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माणको तयारी



भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ टर्मिनल भवन निर्माणको तयारी अघि बढाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोस्रो टर्मिनल भवनको डिजाइन सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सार्वजनिक गर्दै सुझाव माग गरेका छन् ।

भट्टराईको पोष्ट र ट्वीटमा धेरैले टिप्पणी गर्दै नेपाली मौलिकता झल्किने डिजाइनलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

भट्टराईको फेसबुक पोष्टमा कमेन्ट गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नमस्ते आकारको टर्मिनल भवन बनाउँदा उचित हुने सुझाव दिएका छन् ।

टर्मिनल भवनको आर्किटेक्ट डिजाइन भारतीय कन्सल्टेन्सीले तयार पारेको हो । डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको छ ।’

दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको पनि पोखरेलले बताए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।

दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्ने विमानस्थल आयोजनाले जनाएको छ । यसका लागि माटो परीक्षणको काम पुरा भएको छ ।

 

थप डिजाइनहरु




प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ५२ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा