२२ बैशाख २०८१, शनिबार | May 4, 2024

काठमाडौंमा थपिए ६३७ नयाँ संक्रमित, काठमाडौंका २ सहित ७ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको कोरोना तथ्यांक अनुसार काठमाडौंमा देशभरको भन्दा ५० प्रतिशत बढी संक्रमित थपिएका हुन् ।

काठमाडौं जिल्लामा ४९२ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

७ जनाको मृत्यु
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंका २ र ललितपुरका १ सहित देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

काठमाडौंमा ६८ वर्षीय एक जना महिला र १६ वर्षीय एक किशोरको ज्यान गएको छ । ललितपुरमा ७४ वर्षीय पुरुषको ज्यान गएको छ भने झापामा ८६ वर्षीय पुरुष, सिराहामा ५० वर्षीय पुरुषको ज्यान गएको छ ।

यसैगरी, बर्दियामा ६४ र ३९ वर्षीय पुरुषको ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ०७ बजे

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय