२ चैत्र २०८२, सोमबार | March 16, 2026

काठमाडौंमा थपिए ६३७ नयाँ संक्रमित, काठमाडौंका २ सहित ७ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको कोरोना तथ्यांक अनुसार काठमाडौंमा देशभरको भन्दा ५० प्रतिशत बढी संक्रमित थपिएका हुन् ।

काठमाडौं जिल्लामा ४९२ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

७ जनाको मृत्यु
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंका २ र ललितपुरका १ सहित देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

काठमाडौंमा ६८ वर्षीय एक जना महिला र १६ वर्षीय एक किशोरको ज्यान गएको छ । ललितपुरमा ७४ वर्षीय पुरुषको ज्यान गएको छ भने झापामा ८६ वर्षीय पुरुष, सिराहामा ५० वर्षीय पुरुषको ज्यान गएको छ ।

यसैगरी, बर्दियामा ६४ र ३९ वर्षीय पुरुषको ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ०७ बजे

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार

आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य