१० श्रावण २०८३, आइतबार | July 26, 2026

सुनको मूल्यमा लगातार गिरावट, बिहीबार प्रतितोला एक हजार २०० ले घट्यो



काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार, एक हजार २०० र आज प्रतितोला एक हजार २०० रुपैयाँ ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १२ : १९ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन