२ चैत्र २०८२, सोमबार | March 16, 2026

काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन् ।

महामन्त्री कोइराला संक्रमणमुक्त भएसँगै घर फर्किएका छन् । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमै बसेको अवस्थामा ज्वरोको समस्या बढेपछि कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई रेमडेसिभिर औषधी लगाइएको थियो ।

संक्रमणमुक्त भएपनि उनी एक साता घरमै आइसोलेसनमा बस्ने उनका स्वकीय सचिव भरत तिवारीले जनाएका छन् । कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।

यसैबीच, कोइराला संक्रमण मुक्त हुनु अघि उनको सचिवालयमा काम गर्ने एक जनालाई कोरोना संक्रमण भएको छ । बुधबार गरिएको परीक्षणमा ती सचिवालय सदस्यलाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १ : १७ बजे

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले