२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

२४ घण्टामा १७ जनाको मृत्यु, काठमाडौं उपत्यकाका मात्रै ६ जना



काठमाडौं । देशभर कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् । कोरोना संक्रमित थपिएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो मृत्यु अहिलेसम्मकै उच्च हो । जसमध्ये ५ जना महिला र १२ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौंकै रहेका छन् । काठमाडौंमा १ महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । यसपछि धनुषामा २ जना पुरुषको मृत्यु भएको छ । मोरङ, सुनसरी, भक्तपुर र धादिङमा १/१ जना महिलाको मृत्यु भएको छ ।

यस्तै, झापा, भक्तपुर, रौतहट, तनहुँ, कपिलवस्तु र नवलपरासीका एक एक जना पुरुषको पनि मृत्यु भएको मन्त्रलयले जारी गरेको अपडेटमा जनाइएको हो ।

यससँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : ४२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ