१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कर्णालीमा यातायात लाइसेन्स वितरण शुरु



कर्णाली । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरे ।

गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ ।

गत माघदेखि सेवा शुरु गरिए पनि छपाइ गर्न काठमाडौं पठाउनुपर्ने र कोभिड-१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपागाँइले जानकारी दिए ।

उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ ।

‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’ मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिए ।

सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँचभन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिए । रासस

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४० बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल