२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कर्णालीमा यातायात लाइसेन्स वितरण शुरु



कर्णाली । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरे ।

गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ ।

गत माघदेखि सेवा शुरु गरिए पनि छपाइ गर्न काठमाडौं पठाउनुपर्ने र कोभिड-१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपागाँइले जानकारी दिए ।

उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ ।

‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’ मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिए ।

सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँचभन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिए । रासस

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४० बजे

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले