१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

दाउन्नेको पहिरोमा बस पुरियो, एक जनाको मृत्यु ७ जना घाइते; ४० घण्टापछि खुल्यो एकतर्फी सडक



कावासोती । पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको सडक एकतर्फी रुपमा खुलेको छ ।

तर, पहिरोमा परेर एउटा बस पुरिँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ना ५ ख ६९४० नं. को बस बिहीबार साँझ खसेको पहिरोमा परेर पुरिएको थियो ।

मत्यु हुनेमा रुकुम पश्चिम आठबीसकोटका हरिषचन्द केसी रहेका छन् । बिहीबार राति ९ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।

उनीहरुमध्ये ४ जना घाइतेको भरतपुर मेडिकल कजेज र अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा १७ जना रहेका थिए ।

दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो पन्छाएपछि एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । भने एकतर्फी खुला भएको छ । ४० घण्टासम्म अवरुद्ध रहेको सडक शुक्रबार बिहान एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा ओाहोरदोहोर गर्ने सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए । दाउन्नेमा आधादर्जन स्थानमा पहिरो खसेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : २८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग