१० श्रावण २०८३, आइतबार | July 27, 2026

पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो



पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए
। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो ।

झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्नेक्रम नरोकिएका कारण समस्या भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ३१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले