२० माघ २०८२, मंगलबार | February 3, 2026

पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति



दोभान । गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबास लगायतका स्थानका आठवटा घरमा पहिरोले क्षति पुगेको छ ।

पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको स्थानीय तोया लम्सालले जानकारी दिए ।

तिनाउ गाउँपालिका-२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका-३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।

राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजब हादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।

तस्वीर : तोया लम्साल

वडाध्यक्ष प्रेम प्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : १३ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज