४ पुस २०८२, शुक्रबार | December 20, 2025

पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति



दोभान । गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबास लगायतका स्थानका आठवटा घरमा पहिरोले क्षति पुगेको छ ।

पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको स्थानीय तोया लम्सालले जानकारी दिए ।

तिनाउ गाउँपालिका-२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका-३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।

राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजब हादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।

तस्वीर : तोया लम्साल

वडाध्यक्ष प्रेम प्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको