१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा’ पोष्टरसहितका प्रदर्शनकारी माइतीघरबाट पक्राउ



काठमाडौं । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा उत्रिएकाहरुलाई प्रहरीले काठमाडौंको माइतीघरमण्डलाबाट पक्राउ गरेको छ ।

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन गरिरहेका उनका समर्थहरुलाई प्रहरीले पक्राउ गरेको हो । केसीका मागको सम्बोधन गर्न दबाब दिँदै समर्थकहरु केहिदिनयता माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आक्षेप लगाउँदै पोष्टर प्रदर्शन गरेका थिए भने उनीविरुद्ध नारावाजी पनि गरेका थिए । उनीहरुले ‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा’ लेखिएको पोष्टर प्रदर्शन गरेका थिए ।

प्रहरीले १७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

डा. केसीले केही दिन अघि जुम्लाबाट १९औं आमरण अनसन सुरु गरेका थिए । तर, अनसनको नवौं दिनमा उनी हेलिकोप्टरमार्फत नेपालगन्ज हुँदै काठमाडौं आएका थिए ।

काठमाडौं आएलगत्तै प्रहरीले ट्रमा सेन्टरमा लगेको थियो । तर, उनी सोही साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर अनसनलाई निरन्तरता दिएका थिए ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ०२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना