२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग



काठमाडौं । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट सहयोग स्वरुप प्रदान गरिएको छ ।

फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडी मोहन बमको पहल तथा किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा सो सहयोग जुटाईएको थियो ।

गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए ।

किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न हस्तान्तरण गरे ।

काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ । हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ३१ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३