३० श्रावण २०८३, शनिबार | August 15, 2026

सोमबार र बिहिबार छाडेर आईतबार बस्यो मन्त्रिपरिषदको बैठक, यस्ता छन् बैठकका निर्णयहरु



काठमाडौं । मन्त्रिपरिषदमा हेरफेर, बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा बिषेश निर्णयको चर्चाका साथ नियमित दिन भन्दा फरक दिनमा बसेको मन्त्रिपरिषदको बैठकले केहि सामान्य निर्णयहरु गर्दे सकिएको छ । सामान्यतया सोमबार र बिहिबार बस्ने गरेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषदको कार्यकारी नियुक्ति, इजरायल सरकारसँगको कृषि प्रबिधि हस्तान्तरणको अख्तियारी जस्ता सामान्य निर्णय गरेर समापन गरिएको छ ।

बैठकमा सहभागि एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

भण्डारीले बिगत केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा काम गर्दै आएका थिए ।

बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गर्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

नियमित मिति र समय भन्दा फरकबार आईतबार अकस्मात बैठक डाकीएपनि बजारमा चर्चामा रहेको जस्तो मन्त्रिहरुको हेरफेर, स्वास्थ्य मन्त्रालयको सिफारिसमा लकडाउन गर्ने, बिद्य्त प्राधिकरणको कार्यकारी नियुक्ति जस्ता बिषयमा छलफल नै नभएको श्रोतले बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ४१ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर