१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कडाईगर्दै बर्दिया प्रशासन, ४ जना भन्दा बढी सङ्गै हिँड्न प्रतिबन्ध



बर्दिया । प्रदेश नम्बर ५ को पश्चिम सिमाना बर्दियामा कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि बर्दियामा सवारी साधन,उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाई गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको वैठकले असोज १३ गते देखि सवारी साधन र व्यवसायी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्ने, उद्योग व्यवसाय र पसल विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र ४ जनाभन्दा बढीको समूहमा हिड्न निषेध गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दिन प्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नकालागि केही कडाई गरीएको जानकारी दिए ।

जिल्लाका केही स्थानीयतहहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला विद्यालय सञ्चालन गर्दा झन् संक्रमण बढ्न सक्ने भन्दै विद्यालय सञ्चालनमा समेत रोक लगाईएको छ । हालको अवस्था अनुसार संक्रमणको जोखिम उच्च देखिएको हुँदा विद्यालय सञ्चालन नगर्न शिक्षा विकास समन्वय इकाई र स्थानीयतहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५८ जना निको भएर घर फर्केका छन् ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : १४ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण