४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकारले भन्यो – पीसीआर परीक्षण गर्न कसैलाई बाध्य नबनाऊ



काठमाडौं । सरकारले जो कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने बताएका हुन् ।

काठमाडौंको काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको समाचार सार्वजनिक भैरहेको छ ।

मन्त्री ज्ञवालीले कोरोना भाइरसको जोखिमको पूर्वानुमान गर्न सक्ने अवस्था अझै नआएको समेत बताए । उनले नेपालमा संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुको विकल्प नभएको जनाए ।

उनले धेरै हदसम्म सरकारको आदेश र निर्देशन पालना भएका कारण कोरोनाको भयावह अवस्था आउन नपाएको बताउँदै चाडपर्वका बेलामा उच्च सर्तकता अपनाउनुपर्ने जनाए ।

त्यसअवसरमा सरकारका प्रवक्ता ज्ञवालीले सरकारले विभिन्न निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको जानकारी दिए ।

यस्तै, नेपाललाई प्राप्त ५ अर्ब २७ करोड रुपैयाँ स्वीकार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तै, बेलायत सरकारले दिन लागेको थप ३ अब ५२ करोड रुपैयाँको आर्थिक र प्राविधिक सहयाता स्वीकार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यो रकम स्वास्थ्य क्षेत्रका लागि खर्च हुनेछ ।

यसैगरी युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले बताए ।

विश्व बैंकबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि लागि करीब ९ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन ५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएको पनि उले बताए ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको