२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

सरकारले भन्यो – पीसीआर परीक्षण गर्न कसैलाई बाध्य नबनाऊ



काठमाडौं । सरकारले जो कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने बताएका हुन् ।

काठमाडौंको काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको समाचार सार्वजनिक भैरहेको छ ।

मन्त्री ज्ञवालीले कोरोना भाइरसको जोखिमको पूर्वानुमान गर्न सक्ने अवस्था अझै नआएको समेत बताए । उनले नेपालमा संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुको विकल्प नभएको जनाए ।

उनले धेरै हदसम्म सरकारको आदेश र निर्देशन पालना भएका कारण कोरोनाको भयावह अवस्था आउन नपाएको बताउँदै चाडपर्वका बेलामा उच्च सर्तकता अपनाउनुपर्ने जनाए ।

त्यसअवसरमा सरकारका प्रवक्ता ज्ञवालीले सरकारले विभिन्न निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको जानकारी दिए ।

यस्तै, नेपाललाई प्राप्त ५ अर्ब २७ करोड रुपैयाँ स्वीकार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तै, बेलायत सरकारले दिन लागेको थप ३ अब ५२ करोड रुपैयाँको आर्थिक र प्राविधिक सहयाता स्वीकार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यो रकम स्वास्थ्य क्षेत्रका लागि खर्च हुनेछ ।

यसैगरी युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले बताए ।

विश्व बैंकबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि लागि करीब ९ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन ५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएको पनि उले बताए ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ०१ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा