१ पुस २०८२, मंगलबार | December 17, 2025

धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु



धरान । धरान र विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी-७ की ६८ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो ।

मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो ।

त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिए । यादबका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ०३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष