२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नौलो बहुउद्देश्यीय सहकारीद्धारा रक्तदान



बुुुटवल । बुुटवल-७ दीपनगरस्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार बुुटवलमा खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।                  सहकारीले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तगर्त गर्ने रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । रक्तदानमा सहरकारी सदस्य र अन्य व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको बुुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुुवेदीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मेयर सुुवेदीले महामारीका बेला रगतको अभाव हुुन सक्ने भन्दै रक्तदान गर्न सबैलाई आग्रह गरे । उनले रक्तदान जीवनदान सरह भएकोले कसैको जीवन बनाउन रक्तदान महत्वपूर्ण हुुने बताए ।
कार्यक्रममा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हरेक तीन÷तीन महिनामा निरोगी व्यक्तिले रक्तदान गरेका रगत आवश्यक पर्ने बिरामीका लागि कहिल्यै रगतको अभाव नहुुने बताए ।
कार्यक्रममा ४२ युुनिट रगत संकलन भएको सहकारीका सञ्चालक समिति सदस्य तथा शिक्षा समितिका संयोजक विकासजंग बस्नेतले जानकारी दिए । कार्यक्रममा बुुटवल वडा नम्बर ७ का कार्यवहाक अध्यक्ष नविन थापा, बुुटवल नगर योजना आयोगका सदस्य सचिव मेघराज भटटराई लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठका अध्यक्षता तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा ३७५ शेयर सदस्य छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ५१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती