१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु



मोरङ । विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष संक्रमणबाट मृत्यु भएको उपचार केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए ।

उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको सिग्देलले जानकारी दिए । कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो ।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : १५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग