१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा अक्षम राष्ट्रपति : जो बायडन



अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ३ तारिकमा हुँदैछ । निर्वाचनमा रिपब्लिकनका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटका तर्फबाट जो बायडन प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुई प्रतिस्पर्धीबीच पहिलो डिबेट सुरु भएको छ । दुई प्रतिस्पर्धीले अलग अलग स्वास्थ्य, न्याय, जातीय भेदभाव एवं अर्थव्यवस्था जस्ता अलगअलग मुद्दामा आफ्नो धारणा राखेका छन् । दुवै प्रतिस्पर्धीले एकअर्काप्रति कडा प्रहार गरेका छन् ।

 

कोरोना भाइरस

कोभिड १९ महामारीबारे सोधिएको प्रश्नमा डोनाल्ड ट्रम्पले भने कि यदि जो बायडनको हातमा अमेरिका भएको भए धेरै मानिसको मृत्यु हुने दाबी गरेका छन् । जवाफमा वायडनले महामारी विरुद्ध लड्नका लागि ट्रम्पसँग कुनै योजना नरहेको जिकिर गरे ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २ लाख भन्दा ७० लाख भन्दा बढी केस रहेको छ । २ लाख भन्दा बढी अमेरिकीको मृत्यु भैसकेको छ ।

बाइडनले कोरोना भाइरसको महामारीबाट लड्नका लागि ट्रम्प प्रशासनको जमेर आलोचना गरे । जवाफमा निकै राम्रो काम गरेको ट्रम्पले दाबी गरे ।

उनले भने ‘हाम्रो सरकारले कोरोना भाइरसबाट वच्नका लागि मास्क, पीपीई, किट एवं औषधी ल्यायो । हामी कोरोना भ्याक्सिन बनाउने अभियानमा अब केही सातामात्रै पछि छौं । मैले कम्पनीहरुसँग कुरा गरिसकेको छ कि हामी छिट्टै भ्याक्सिन बनाउनेछौं ।’

अमेरिकामा कोरोनाबाट भएको मृत्युको तथ्यांकबारे उनले भने ‘भारत, चीन र रुसले कोरोना भाइरसको मृत्यु तथ्यांकलाई लुकाएका छन् ।’

दुवै नेताले एक अर्कामाथि मास्कदेखि भ्याक्सिन एवं सामाजिक दूरी जस्ता मुद्दामा आरोप प्रत्यारोप गरे ।

बाइडनले ट्रम्पमाथि मास्क लगाउने विषयमा गम्भीर नभएको आरोप लगाएक । त्यतिबेला ट्रम्पले बाइडनको मजाक गर्ने । उनले भने, ‘बाइडन २०० फिट दूरीमा हुन्थे भने पनि मास्क लगाएरै आउँथे ।’

डिवेटका होस्ट फक्स न्यूजका ७२ वर्षीय क्रिस ब्यालेसले ट्रम्पलाई महामारीको समयमा भीडभाड युक्त चुनावी र्याली गरेको विषयमा सोधेको प्रश्नमा ट्रम्पले मजाककै जवाफ फर्काए, ‘यदि बाइडनले यति धेरै भीड जुटाउन पाएका भए के गर्थे होला ?’

ट्रम्पले बाइडन राष्ट्रपति भएको भए अमेरिकामा २ करोड मानिसको मृत्यु हुने दाबी समेत गरे । जवाफमा बाइडनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा नालायक राष्ट्रपति भएको दाबी गरे ।

 

अर्थव्यवस्था

क्रिस वालेसले दुवै प्रतिस्पर्धीलाई कोरोना महामारी एवं लकडाउनपछि अमेरिकी अर्थव्यवस्थालाई सही बाटोमा ल्याउन के योजना छ भनेर सोधेका थिए ।

जवाफमा ट्रम्पले लकडाउनपछि अमेरिकी अर्थव्यवस्था आशा गरेभन्दा छिट्टै सही बाटोमा आएको दाबी गरे । उनले अमेरिकी इतिहासमा सबैभन्दा राम्रो अर्थव्यवस्था रहेको दाबी गरे ।

बहसको समयमा ट्याक्सको मुद्दा पनि आएको थियो । होस्ट क्रिस व्यालेसले न्यूयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै ट्रम्पलाई सोधेका थिए, के यो साँचो हो कि तपाईंले आफ्नो २०१६ १७ मा केबल ७५० डलरमात्र ट्याक्स तिरेको विषयमा सोधेको प्रश्नमा ट्रम्पले आफुले लाखौं डलर ट्याक्स टिरेको दाबी गरे ।

आफुले एक वर्षमा ३८ मिलियन डलर ट्याक्स तिरेको बताउँदै उनले दोस्रो वर्ष २७ मिलियन डलर ट्याक्र तिरेको बताए । उनले न्यूयोर्क टाइम्सको रिपोर्ट फेक भएको दाबी गरे ।

डिबेटको समयमा ट्रम्प र बाइडनले हात मिलाएनन । कोरोना संक्रमणलाई ध्यानमा राख्दै हात नमिलाएका हुन् ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : १० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग