१२ श्रावण २०८१, शनिबार | July 27, 2024

डा. गोविन्द केसीसँग तत्काल वार्ता नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी



काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले विज्ञप्तिमार्फत डा. केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै अन्यथा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेको प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संघले गम्भीर परिस्थिति सिर्जना नगर्नसरकारलाई आग्रह गरेको छ ।

सरकार आफैले डा. के.सी.सँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौताअनुसार मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भैसकेको चिकित्सक संघले जिकिर गरेको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षागर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो ।’

सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न चिकित्सक संघले माग गरेको छ । वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको संघले जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६,२५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द के.सी.को जीबन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ ।’

डा. केसी १७ दिनदेखि आमरण अनशनमा रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ५४ बजे

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव

शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र

खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट लागु औषध खैरो हिरोइन सहित २