११ श्रावण २०८३, सोमबार | July 27, 2026

डा. गोविन्द केसीसँग तत्काल वार्ता नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी



काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले विज्ञप्तिमार्फत डा. केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै अन्यथा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेको प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संघले गम्भीर परिस्थिति सिर्जना नगर्नसरकारलाई आग्रह गरेको छ ।

सरकार आफैले डा. के.सी.सँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौताअनुसार मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भैसकेको चिकित्सक संघले जिकिर गरेको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षागर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो ।’

सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न चिकित्सक संघले माग गरेको छ । वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको संघले जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६,२५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द के.सी.को जीबन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ ।’

डा. केसी १७ दिनदेखि आमरण अनशनमा रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ५४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले