१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सगुन : लगानीका लागि उत्कृष्ट गन्तव्य; लगानी गर्ने अवसर बुधबार सकिँदै



अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन, ले खोलेको मिनि (आईपीओ) मा लगानी गर्ने अवसर बुधबार एक दिन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले “ग” श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ ।

अमेरिकी समय अनुसार बुधबार (सेप्टेम्बर ३० तारिख) मध्य रात सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले सगुनको शेयर खरिद गर्न पाउनेछन् ।

कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले धधध।कबनययल।अयmरष्लखभकत मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ।

सगुन एपमा नयाँ फिचर

सगुनले यसै हप्ता आफ्ना लगानीकर्ताहरुका बीच एउटा नयाँ फिचर मुड टकको बेटा भर्सन सार्वजनिक गरेको छ ।्र सगुनले फरक प्रकारका च्याट फिचरहरू प्रयोगकर्ताहरुबीच चाडै नै सार्वजनिक गरिने जनाएको छ ।

भिन्दाभिन्दै मुडहरुको आधारमा भावनात्मक कुराकानी गर्न सकिने फरक अवधारणाबाट ल्याइँदै गरेको नयाँ फिचरले प्रयोगकर्ताहरूको मन जित्न सक्ने विश्वास सगुनले लिएको छ ।

सन् २०२१ को शुरुमा सेकेण्डरी आईपीओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सह–संस्थापक कविन सिटौलाले बताए । उनले भने, ‘लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच होइन, भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने प्रवासी नेपालीले सगुनमा लगानी सनिश्चित गर्न सक्नुहुन्छ ।’

हाल सगुनका ८१ लाख बढी प्रयोगकर्ता छन् । सगुनका आफ्नै नविनतम फिचरहरु भएकोले पनि प्रयोगकर्ता दिनदिनै बढ्दै गएको सिटौलाको भनाइ छ ।

सगुनलाई किन रोज्ने ?
सगुनका लगानीकर्ता मध्येका एक अमेरिकाका चिन्ता बजगाई स्टार्ट अप कम्पनीमा लगानी गर्दा ढिलो भएपनि प्रतिफल धेरै र उत्साह जनक आउने बताउँछन् ।

बजगाई भन्छन्, ‘स्टार्ट अप कम्पनीमा जोखिम हुन्छ, तर त्यही जोखिम मोलेर लगानी गरियो भने भोलिका दिनमा ठूलो प्रतिफल आउन सक्छ। अर्को कुरा पहिले नै स्थापित भइसकेका कम्पनीका सुरक्षित लगानीमा प्रतिफल पनि कम हुन्छ । सगुन जस्तो उदाउँदै गरेको कम्पनीमा गर्नुभयो भने, सगुनको मात्रै वृद्धि नभई स्वयं लगानीकर्ताको पनि आर्थिक भविष्य सुरक्षित हुन्छ र महत्वपूर्ण कुरा तपाईले प्रतिफल पनि राम्रो पाउनुहुन्छ, त्यसैले आज सगुनलाई रोज्दा भोलि पछुताउनु पर्दैन ।’

सगुनको आज हेरेर भन्दा पनि भविष्य सोचेर आफूले लगानी गरेको बजगाइको भनाइ छ । उनी भन्छन्, ‘मैले लगानी गरेका ११३ अमेरिकी स्टार्ट अप कम्पनीमध्ये सगुनलाई मैले उत्कृष्ट पाँचमा राखेको छु, अन्य स्टार्ट अप कम्पनिमा लगानी गरेको अनुभवले पनि भन्छु सगुन भोलिका लागि सुरक्षित छ ।’

लगानीका लागि उत्कृष्ट गन्तव्य
सगुनका एकजना लगानीकर्ता तथा सगुनका यूरोप संयोजक युवराज सेडाई, सगुन लगानीका लागि उत्कृष्ट गन्तव्य भएको निष्कर्षसहित आफू सगुनमा होमिएको बताउँछन् ।

सन् २०१७ बाटै आइपीओ सार्वजनिक गरेको सगुनका लगानीकर्ताले आजसम्म पनि अपेक्षित प्रतिफल प्राप्त गर्न सकेका छैनन् भन्ने केहि गुनासो सुनिए पनि सेडाई भने जुनसुकै स्टार्ट अप कम्पनीमा आइसकेपछि यसभित्रका सुरुवाती चुनौतीलाई पनि स्वीकार्नै पर्ने बताउँछन् ।

सेडाई भन्छन्, ‘सगून आफ्नो फिचरहरु विस्तार गर्न, प्रोडक्टहरू बनाउन, बजारीकरण गर्न र टिमलाई दिगो बनाउन पैसा संकलनमा लागेको हो ।’

कुनैपनि स्टार्ट अप कम्पनीमा लगानी गर्न पाउनु एउटा निकै ठुलो मौका भएको सेढाँईको भनाई छ । अहिले गरेको सानो लगानीले भोलि ठुलो मौका प्रदान गर्ने र त्यस्तो मौका गुमाउन नहुने उनी बताउँछन् ।

सगुनले सन् २०२३ सम्ममा न्युयोर्क स्टक एक्सचेन्जमा सूचिकृत हुने लक्ष्य राखेको छ । सगुनका ४ हजार बढी लगानीकर्तामध्ये झन्डै ९० प्रतिशत लगानीकर्ता नेपालीभाषी छन् ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : १० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को