७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए ४७ नयां कोरोना संक्रमित, कुन पालिकामा कति ?



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार जिल्लामा १२ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा पालिकागतरुपमा बुधबार पनि बुटवलमा सबै भन्दा बढी संक्रमित थपिएका छन् । बुटवल उपमहानगरमा २४ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १३ जना थपिएका छन् । त्यसैगरि सिद्धार्थनगरमा ८ जना, सैनामैनामा ३ जना, देवदह र सुद्धादनमा २।२ जना तथा सियारीमा १ जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबार सम्ममा रुपन्देहीमा कुल संक्रमितको संख्या २६११ पुगेको छ । जिल्लामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९३२ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११