१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा थपिए ४७ नयां कोरोना संक्रमित, कुन पालिकामा कति ?



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार जिल्लामा १२ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा पालिकागतरुपमा बुधबार पनि बुटवलमा सबै भन्दा बढी संक्रमित थपिएका छन् । बुटवल उपमहानगरमा २४ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १३ जना थपिएका छन् । त्यसैगरि सिद्धार्थनगरमा ८ जना, सैनामैनामा ३ जना, देवदह र सुद्धादनमा २।२ जना तथा सियारीमा १ जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबार सम्ममा रुपन्देहीमा कुल संक्रमितको संख्या २६११ पुगेको छ । जिल्लामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९३२ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ३४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा