११ श्रावण २०८३, सोमबार | July 27, 2026

वीरगञ्जमा रौतहटका कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज । वीरगञ्जमा रौतहटका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा रौतहट ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

‘विरामीको मुटुको गति पनि अस्थिर थियो, कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन, भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आईसियुमा राखेका थियौं,’ डाक्टर हुसैनले भने, ‘बिहान तीन बजेदेखि अवस्था गम्भिर बन्यो । भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनायौं । तर बचाउन सकिएन ।’ डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको असोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ३१ बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार