२ चैत्र २०८२, सोमबार | March 16, 2026

सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त



काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । बैरागी हाल परराष्ट्रसचिव रहेका छन् ।

यसअघि, मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका थिए ।

कार्तिक ३ गते अनिवार्य अवकाश पाउँदै गरेका रेग्मीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत पनि गरेको छ । उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ ।

बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

खतिवडाले गत भदौ २० गते राजीनामा दिएपछि हाल प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारको रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : १२ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि