२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र श्रीमती मेलानियालाई कोरोना संक्रमण



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।

कोरोना भाइरस केही पनि नभएको भन्दै मास्क लगाउन र सामाजिक दूरी कायम गर्ने विषयमा मजाक गर्ने राष्ट्रपति ट्रम्प र उनको श्रीमती मेलानिया ट्रम्प दुवैलाई संक्रमण भएको हो ।

ट्रम्पले आफुलाई संक्रमण भएको कुरा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

अहिले दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेका छन् । ट्रम्पले ट्वीटमा भनेका छन, हामी छिट्टै सँगसँगै यसबाट पार पाउनेछौं ।’

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमा एक होप हिक्सलाई कोरोना संक्रमण भएको थियो । त्यसलगत्तै ट्रम्पले आफुहरु पनि क्वारेन्टिनमा जाने बताएका थिए । होप हिक्सलाई कोरोना संक्रमणको लक्षण पनि देखिएको छ । पछिल्लो केहीदिनयता होप हिक्स र ट्रम्प एयरफोर्स १ मा सँगै यात्रा गरेका थिए ।

तीन दिन अघि भएको पहिलो प्रेसिडेन्टियल डिवेटमा ट्रम्पले कोरोना भाइरस, मास्क र सामाजिक दूरीलाई लिएर विपक्षी डेमोक्रयाट उम्मेदवार जो बायडनको मजाक उडाएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : २३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति