३१ भदौ २०८३, बुधबार | September 16, 2026

अमेरिकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी



काठमाडौं । अमेरिकाले १२ देखि १५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप अभियान बारे आफ्नो योजना सार्बजनिक गर्दै जति सक्यो छिटो १२ देखि १५ बर्ष उमेर समुहलाई पनि खोप दिन स्वीकृति दिने बताएका हुन् ।

अहिले अमेरिकामा करिब २२ प्रतिशत बालबालिका कोरोनाबाट प्रभावित भएको रिपोर्ट सार्बजनिक भएको छ, जुन गतबर्षको तुलनामा ३ प्रतिशतले बढी हो ।

अमेरिकामा फाइजरले बनाएको खोप १२ बर्षदेखी १५ बर्षसम्मको उमेर समुहलाई दिने तयारी भएको बताइएको छ । यसअघि अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) ले १६ बर्षभन्दा माथिको उमेर समुहलाई खोप दिन अनुमति दिएको छ ।

राष्ट्रपति बाइडेनले एफडिएको प्रक्रियामा आफुले हस्तक्षेप नगर्ने बताउदै यदि एफडीएले १२ बर्षदेखि १५ बर्षसम्मलाई अनुमति दिएमा आफुहरु खोप अभियान चलाउन तयार रहेको बताएका छन् ।

बालबालिकालाई खोप लगाउने आफ्नो प्रशासनको योजना बारे बाइडेनले भने, ‘ हामीले बालबालिका समक्ष सिधै खोप पुरयाउने योजना बनाएका छौं ।

आगामी साताहरुमा आफ्नो पारिवारिक चिकित्सकबाटै खोप नि:शुल्क लगाउने पाउने व्यवस्था गरिदैछ, जहा अभिभावकले बच्चालाई लिएर जान सजिलो होस् । यसका अलावा १५ हजार फार्मेसीबाट पनि खोप लगाउने व्यवस्था गरिदै छ ।’

उनले बालबालिकाले खोप लगाउने अनुमति पाएमा पहिओ डोज एक ठाउमा लगाउने गरि तोकिने छ भने दोस्रो डोज लगाउन अर्को ठाउँको व्यवस्था गरिने उनले बताए ।

अमेरिकामा बालबालिकालाई खोप लगाउने अनुमति भएमा तुरुन्त १७ मिलियन खोप उपलब्ध रहेको बताइएको छ । अमेरिकी वरिष्ठ चिकित्सक डा. एन्थोनी फाउचीले पनि सामान्य जीवनमा फर्किन बालबालिकालाई खोप लगाउन जरुरी रहेको बताएका छन् ।

अहिले अमेरिकाको लगभग आधा जनसंख्याले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिइसकेको छ । हरेक दिन करिब १० लाखले खोप लगाइरहेको रिपोर्ट सार्बजनिक भएको छ ।

राष्ट्रपति बाइडेनले खोप बारे भ्रम हटाउने काममा आफ्नो प्रशासन लागिरहेको बताएका छन् । उनले आगामी जुलाई ४ देखि अमेरिकामा जनजीवन सामान्य बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ४० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै