१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक शनिबार बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा भोलि सचिवालय बैठक बोलाउने सहमति भएको छ । बैठक शनिबार अपरान्ह ४ बजे बस्ने बताइएको छ ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद समाधान भएको बताइए पनि नेकपाभित्र अझै पनि विवाद कायमै छ ।

विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियकामा नियुक्ति लगायतको विषयमा अध्यक्षद्वयबीच अझै पनि सहमति बन्न सकेको छैन ।

यहीबीचमा प्रधानमन्त्री ओलीले छलफल बिनै अमेरिका र बेलायतमा राजदूतहरु नियुक्त गरेपछि विवादको मुद्दा थप बढेको देखिएको छ ।

प्रधानमन्त्रीले बिहीबारको मन्त्रिपरिषदबाट पूर्वअर्थमन्त्री एवं आफ्ना आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्तीको सिफारिस गरेका थिए ।

अर्कोतिर पार्टीको संगठनात्मक एकता टुंग्याउनका लागि अध्यक्ष र महासचिवलाई १० दिनको जिम्मा दिइएपनि त्यसबारेमा पनि कुनै टुंगो पुगेको छैन ।

अध्यक्षद्वयदेखि शिर्ष नेताहरु आफ्ना मान्छेलाई कसरी मन्त्री बनाउने र कसरी सुरक्षित बनाउने, संवैधानि निकायमा भागवण्डा कसरी गर्ने भन्नेमै केन्द्रित हुँदा पार्टीलाई जीवन्त राख्नुपर्ने संगठनात्मक गतिविधिमा भने फेरि पनि ध्यान दिएका छैनन् ।

सचिवालय बैठकमा पछिल्लो चरणमा भएका राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ३५ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक