२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेकपा सचिवालय बैठक शनिबार बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा भोलि सचिवालय बैठक बोलाउने सहमति भएको छ । बैठक शनिबार अपरान्ह ४ बजे बस्ने बताइएको छ ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद समाधान भएको बताइए पनि नेकपाभित्र अझै पनि विवाद कायमै छ ।

विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियकामा नियुक्ति लगायतको विषयमा अध्यक्षद्वयबीच अझै पनि सहमति बन्न सकेको छैन ।

यहीबीचमा प्रधानमन्त्री ओलीले छलफल बिनै अमेरिका र बेलायतमा राजदूतहरु नियुक्त गरेपछि विवादको मुद्दा थप बढेको देखिएको छ ।

प्रधानमन्त्रीले बिहीबारको मन्त्रिपरिषदबाट पूर्वअर्थमन्त्री एवं आफ्ना आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्तीको सिफारिस गरेका थिए ।

अर्कोतिर पार्टीको संगठनात्मक एकता टुंग्याउनका लागि अध्यक्ष र महासचिवलाई १० दिनको जिम्मा दिइएपनि त्यसबारेमा पनि कुनै टुंगो पुगेको छैन ।

अध्यक्षद्वयदेखि शिर्ष नेताहरु आफ्ना मान्छेलाई कसरी मन्त्री बनाउने र कसरी सुरक्षित बनाउने, संवैधानि निकायमा भागवण्डा कसरी गर्ने भन्नेमै केन्द्रित हुँदा पार्टीलाई जीवन्त राख्नुपर्ने संगठनात्मक गतिविधिमा भने फेरि पनि ध्यान दिएका छैनन् ।

सचिवालय बैठकमा पछिल्लो चरणमा भएका राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ३५ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण