२ चैत्र २०८२, सोमबार | March 17, 2026

प्रदेश राजधानी सार्ने प्रस्ताव विरुद्ध काँग्रेसद्वारा आन्दोलनको आह्वान



बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको देउखुरी उपत्यकामा रहेको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने भएको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबा विज्ञप्ति जारी गर्दै प्रदेशसभामा दर्ता भएको प्रस्ताव विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको विज्ञप्ति जारी भएसँगै बुटवलमा राजधानीको प्रस्ताव विरुद्ध सडकमा प्रर्दशन समेत भएको छ ।

संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको सभापति रज्जाकको विज्ञप्तिमा जनाइएको छ।

‘यस्तो प्रस्तावको खिलाफमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

तत्कालिन प्रधानमन्त्री एवं आफ्ना सभापति शेरबहादुर देउवाको पालामा रुपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको भन्दै काँग्रेसले अहिले हठातमा गरिएको प्रस्तावले यहाँका जनतालाई स्तब्त बनाएको जनाएको छ ।

कांग्रेस जिल्ला सभापति रज्जाकले सरकारको प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिन जिल्लाबासीलाई अपील पनि गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : २० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित