१७ बैशाख २०८२, बुधबार | April 30, 2025

लुम्बिनी प्रदेशको मतदानमा पक्षमा ७९ र विपक्षमा ४ मत



बुटवल । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र प्रदेशको नामाकरण लुम्बिनीको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको छुट्टाछुट्टै मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो । प्रदेशको स्थायी राजधानीको मतदानबाट पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको छ भने नामाकरणका्े प्रस्तावमा लुम्बिनी प्रदेश नामको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ ।

आज सम्पन्न मतदानबाट प्रदेशको राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।

प्रदेशको राजधानी र नामाकरण पारित भएसँगै प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएको छ । सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको प्रदेशसभा अन्त्यको सुचना सभामुख पुर्ण घर्तीले पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : १४ बजे

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, एकता सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी मन्त्रिपरिषद् बैठक, स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी तोक्ने