१८ भदौ २०८३, बिहिबार | September 3, 2026

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित



बुटवल । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी र प्रदेशको नामाकरणको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो ।
मतदानबाट ६९ मत र विपक्षमा १३ मत परेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने नेकपाको ६० नेपाली काँग्रेसको ५ र संघिय समाजबादी पार्टीको ४ मत सरकारको पक्षमा परेको थियो ।

प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरु सहित नेपाली काँग्रेसका केहि सांसद तथा संघीय समाजवादी पार्टीका सांसदले मतदान हालेका थिए थिए ।

काँग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने विपक्षमा मत हालेका थिए । १ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।

प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली काँग्रेसका केहि सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

काँग्रेस संसदीय दलको विपक्षमा मतदान गर्ने ह्वीप उल्लंघन गर्दै सांसदहरु याकुव अन्सारी, भुमेश्वर चौधरी, डिल्ली चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले फ्लोर क्रस गर्दै सरकारको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

काँग्रेस संसदीय दलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।

पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ४२ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा