३० असार २०८२, सोमबार | July 14, 2025

भालुवाङले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावि राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले
भने, ‘दुईवटा सभ्यताको संगमको रुपमा जसरी ५ नं. प्रदेश बन्यो त्यसैगरी प्रदेश राजधानको प्रस्तावित ठाउँले समेत दुई सभ्यतालाई समेट्छ ।’

पोखरेलले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको पनि प्रतिनिधित्व गर्ने दाबी गरे ।

मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा चलेको अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्मान व्यक्त गरेका छन् ।

प्रदेश सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनु पर्ने मागलाई निस्तेज बनाएको जिकिर गरे ।

पोखरेलले बुटवलमा भएको आन्दोलनमा रुकुम, रोल्पाका जनताको पनि नैतिक समर्थन रहेको समेत दाबी गरे ।

पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामाकरणको प्रस्ताव संसदले गठन गरेको बिशेष समितिको सिफारिसकै आधारमा गरिएको दाबी गरे ।

उनले १२ जिल्लाका जनताको समृद्दिको चाहनालाई प्रतिनिधित्व गरेर सरकारले प्रस्ताव गरेको स्पष्ट पारे ।

५ नम्बर प्रदेश समृद्द बनाउन सक्दा मुलुक नै समृद्द बन्ने जिकिर गर्दै मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होईन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरेको जिकिर गरे ।

मुख्यमन्त्री पोखरेलले प्रस्ताव गरिएको स्थानमा बग्ने राप्ती नदी प्रदेश भित्र मात्र बग्ने एउटा मात्र मुख्य नदी भएको बताए ।

बाँके र बर्दियाबाट हरित क्रान्तिको सुरुवात गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले राप्ती नदीको सिक्टा र भेरी बबई डाईभर्सनको काम पुरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

बुटवल भैरहवा औद्योगिक करिडोरको डीपीआर तयार भईसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने तयारी भएको जानकारी दिए । सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेशमा नेपालकै सबैभन्दा ठुलो चिडियाखाना बुटवलमा बनाउने, उजिरसिंह रङ्गशाला र बुटवल भैरहवा करिडोरलाई आर्थिक राजधानीका रुपमा विकास गर्न सकिने प्रदेश सरकारले मान्यता राखेको उनले बताए । उनले आजकै मन्त्रिपरिषदको बैठकले बुटवल क्षेत्रलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

 

पोखरेलले राजधानी दाङ मात्र होइन लुम्बिनी अञ्चलको अर्घाखाँचीको सितगङ्गा नगरपालिकालाई मिसाएर लुम्बिनीको पनि समावेश गरिएको स्पष्ट पारे । सितगङ्गा अघाँखाँचीको सबैभन्दा पिछडिएको क्षेत्र भएको भन्दै उनले अब यो स्थान सबैभन्दा चर्चित हुने जिकिर गरे ।

राजधानी प्रस्तावमा कुनै राजनीति नगरिएको स्पष्ट पार्दै मुख्मन्त्री पोखेलले प्रस्तावि राजधानीका दुई स्थानीय पालिकामा नेपाली काँग्रेसको नेतृत्व रहेको जनाए । पोखरेलले प्रदेश सरकारले प्रदेशका सबै जिल्ला र क्षेत्र र इलाकामा विकास गर्ने प्रतिवद्धताा जनाए ।

 

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ३१ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का