१ पुस २०८२, मंगलबार | December 16, 2025

घर भत्किएपछि १९ दिनकी सुत्केरीको पौवामा बास



अर्घाखाँची । १९ दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरहेकी छन् ।

यही ९ असोजमा दिउँसो घर पहिराेले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्न बाध्य भएकी हुन् । ‘बस्दै आएको घर पहिराेले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु,’ उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरूले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।’

उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी थिइन् । उनी पनि पहिराेले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनु परेको छ ।

शितगङ्गा नगरपालिकामा जमिन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरू पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३ सय घर पहिराेको जोखिममा छन् । सो स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ ।

नगरपालिका-१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए ।

ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा पाँच घर पूर्णरूपमा भत्किएका र १३ घर पहिराेको उच्च जोखिममा छन् भने झण्डै २ सय घर पहिराेेको जोखिममा रहेका छन् ।

पहिराेेको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज