६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना



कोरोना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ट्रम्पलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आफुलाई र श्रीमती मेलानियालाई कोरोना संक्रमण भएको भन्दै ट्रम्पले शुक्रबार निवासमै आइसोलेसनमा बसेको सोसल मिडिया ट्वीटरमार्फत जनाएका थिए ।

तर, ज्वरो बढेपछि उनलाई स्वास्थ्य अवस्था बिग्रिन नदिन संक्रमण पुष्टि भएको २४ घण्टाभित्र वाल्टर रिड नेशनल मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसले जनाएको छ ।

व्हाइट हाउसले राष्ट्रपति ट्रम्पले थकान महशुस गरेपनि आशावादी रहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो विशेष हेलिकोप्टर मरिन १ बाट अस्पताल गएका हुन् । अस्पताल जानु अघि ट्रम्पले आफु र पत्नीप्रति आम जनताले दिएको शुभकामनालाई धन्यवाद समेत दिएका छन् ।

राष्ट्रपति निर्वाचनको एक महिना पनि बाँकी नरहँदा रिपब्लिकन पार्टीको तर्फबाट अर्को कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पलाई कोरोन संक्रमण भएको छ । ट्रम्पले कोरोना भाइरसलाई सुरुदेखि नै मजाक उडाउँदै आएका थिए ।

अमेरिकामै भाइरसले आतंक फैलाउन थालेपछि पनि उनले मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्छ भन्नेहरुप्रति खिस्सिट्युरी गर्ने गरेका थिए ।

केही दिन अघि भएको पहिलो प्रेसिडेन्टियल बहसमा विपक्षी डेमोक्रयाट उम्मेदवार जो बायडनलाई प्रत्यक्ष प्रसारण भैरहेको बहसमै कोरोनाको विषयलाई लिएर मजाक उडाएका थिए । त्यसको तीन दिनपछि ट्रम्पलाई कोरोनाले आक्रमण गरेको छ ।

व्हाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले संक्रमणको पहिलो दिन निवासबाटै काम जारी राखेको जनाएको थियो ।

 

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ३० बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना