१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै, के विषयमा हुँदैछ छलफल ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा आजका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टीको संगठनात्मक एकता टुंग्याउने विषयमा नै छलफल हुने बताइएको छ ।

तर, विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियकामा नियुक्ति लगायतको विषयमा अध्यक्षद्वयबीच अझै पनि सहमति बन्न सकेको छैन ।

बैठकमा सरकारले बिहीबार गरेका राजदूत नियुक्तिबारे सचिवालय सदस्यहरुले प्रश्न उठाउने भएका छन् ।

विशेषगरी अमेरिकाका र बेलायतका राजदूत सिफारिसमा प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी एकलौटी गरेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिकाको राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेपछि नेकपाका नेताहरु फेरि आलोचनामा उत्रिएका हुन् ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकमा सरकारको काम प्रधानमन्त्रीले गर्ने र पार्टी कामको नियमित नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने निर्णय भएको थियो । तर, दुबै अध्यक्षहरुबीच एकअर्काको काममा सल्लाह र समझदारीपूर्वक गर्ने निर्णय भएको थियो ।

राजनीतिक नियुक्तिहरु गर्दा आफुहरुलाई थाहा नदिइएको नेताहरुले गुनासो गरेका छन् । आजसको सचिवालय बैठकमा यिनै गुनासो पोखिने देखिएको छ ।

यसअघि बसेको सचिवालय बैठकले अध्यक्ष र महासचिवलाई पार्टीको संगठनात्मक एकता टुंग्याउनका लागि १० दिनको जिम्मा दिइएको थियो ।

तर, अध्यक्षद्वय ओली र प्रचण्ड आफु निकटका मान्छेलाई मन्त्रीमा जोगाउने र थपाउने विषयमा मात्रै केन्द्रित हुँदा पार्टीको संगठनात्मक काम भने फेरि पनि अलपत्र नै परेको छ ।

संवैधानिक निकायमा भागवण्डा मिलाउने काममा मात्रै नेतृत्वको दिमाग घुम्दा पार्टीलाई जीवन्त राख्न गर्नुपर्ने सांगठनिक सक्रियता ठप्प छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २५ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको