२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै, के विषयमा हुँदैछ छलफल ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा आजका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टीको संगठनात्मक एकता टुंग्याउने विषयमा नै छलफल हुने बताइएको छ ।

तर, विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियकामा नियुक्ति लगायतको विषयमा अध्यक्षद्वयबीच अझै पनि सहमति बन्न सकेको छैन ।

बैठकमा सरकारले बिहीबार गरेका राजदूत नियुक्तिबारे सचिवालय सदस्यहरुले प्रश्न उठाउने भएका छन् ।

विशेषगरी अमेरिकाका र बेलायतका राजदूत सिफारिसमा प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी एकलौटी गरेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिकाको राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेपछि नेकपाका नेताहरु फेरि आलोचनामा उत्रिएका हुन् ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकमा सरकारको काम प्रधानमन्त्रीले गर्ने र पार्टी कामको नियमित नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने निर्णय भएको थियो । तर, दुबै अध्यक्षहरुबीच एकअर्काको काममा सल्लाह र समझदारीपूर्वक गर्ने निर्णय भएको थियो ।

राजनीतिक नियुक्तिहरु गर्दा आफुहरुलाई थाहा नदिइएको नेताहरुले गुनासो गरेका छन् । आजसको सचिवालय बैठकमा यिनै गुनासो पोखिने देखिएको छ ।

यसअघि बसेको सचिवालय बैठकले अध्यक्ष र महासचिवलाई पार्टीको संगठनात्मक एकता टुंग्याउनका लागि १० दिनको जिम्मा दिइएको थियो ।

तर, अध्यक्षद्वय ओली र प्रचण्ड आफु निकटका मान्छेलाई मन्त्रीमा जोगाउने र थपाउने विषयमा मात्रै केन्द्रित हुँदा पार्टीको संगठनात्मक काम भने फेरि पनि अलपत्र नै परेको छ ।

संवैधानिक निकायमा भागवण्डा मिलाउने काममा मात्रै नेतृत्वको दिमाग घुम्दा पार्टीलाई जीवन्त राख्न गर्नुपर्ने सांगठनिक सक्रियता ठप्प छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २५ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो