२ चैत्र २०८२, सोमबार | March 17, 2026

सरकार प्रमुखका हैसियतमा प्रचण्डद्वारा व्यक्त सम्बोधनको संग्रह प्रकाशित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ ।

दुईपटक प्रधानमन्त्री हुँदा प्रचण्डले व्यक्त गरेका विचारहरुको संग्रह प्रकाशित गरिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त बिचारलाई अभिलेखीकरण गरिएको प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ ।

पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधनहरु समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ ।

पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

नेपालको जनयुद्ध र त्यसले ल्याएका सकारात्मक परिणाम नै अहिले संविधानमा लिपिबद्ध गरिएका विषयवस्तु हुन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक प्रतिनिधित्व र समावेशीतालगायतका उपलब्धि महान् जनयुद्धको जगमै प्राप्त भएको प्रकाशकले जनाएको छ ।

‘जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ । बर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूण सामाग्री प्रदान गर्ने छ । माओवादी आन्दोलनले उठाएका एजेन्डा र ती एजेन्डालाई संस्थागत गर्न चाहनेका लागि प्रस्तुत पुस्तकले अध्ययन–अनुसन्धानका लागि ढोका खोलिदिन सक्छ’, प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

एउटा क्रान्तिकारी नेताले सरकारको नेतृत्वमा पुगेर लिएका निर्णय, दिएका अभिव्यक्ति, अगाडि सारिएका योजना, कार्यान्वयन गर्ने अग्रसरता, शान्ति, संविधान र समृद्धिका लागि नेतृत्वमा देखिएको हुटहुटी प्रस्तुत पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा तत्कालीन अवस्थामा अध्यक्ष प्रचण्ड सहभागी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय बैठक, भेला र छलफलका तस्बिरहरु पनि समावेश गरिएको छ ।

‘पाठकहरुको रुचाएर पढिएको अघिल्लो पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ पछि ‘नयाँ युगको पदचाप’ लाई पाठकले मन पराउने आशा लिएका छौ ।’, प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

पुस्तकमा ४०४ पृष्ठहरु रहेका छन् । प्रतिष्ठानले पुस्तकको मूल्य ७५० रुपैयाँ राखेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित