६ श्रावण २०८३, बुधबार | July 22, 2026

काँग्रेसको रुपन्देही बन्दले जनजीवन प्रभावित, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (फोटो फिचर)



बुटवल । प्रदेश सरकारको बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका बिरुद्ध नेपाली काँग्रेसले आह्वान गरेको रुपन्देही बन्दको बिहानै देखि प्रभाव देखिएको छ ।

बन्दका कारण मुख्य राजमार्ग सुनसान जस्तै देखिएको छ भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी गुडेका छन् । बुटवलको भित्रि बजारहरुमा खुद्रा पसलहरु खुलेपनि मुख्य बजारमा भने पसल खुलेका छैनन् ।

स्थानीय प्रशासनले आज बिहानबाट लागुहुने गरी बुटवल उपमिहानगरका बिभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र कार्यान्वयन गराउन प्रशासनले मध्यरातीदेखि नै बुटवलमा रहेका प्रदेशसभा क्षेत्र तथा प्रदेश मन्त्रालयको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरेको छ ।

बुटवलको सुरक्षा अवस्था थप कडा बनाउन रुपन्देही आसपासका जिल्लाहरुबाट समेत सशस्त्र र नेपाल प्रहरीको थप फौज मगाइएको सुरक्षा स्रोतले दाबी गरेको छ ।

स्थानीय प्रशासनले प्रदेश मन्त्रालय र प्रदेश सभाको सुरक्षा भन्दै बुटवल उपमहानगरको अधिकांश भागमा आजबाट असोज २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेको छ । हिजो बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।

आईतबार बिहान रुपन्देहीका उद्योग ब्यवसायसंग सम्बन्धित पेशागत सञ्जालले पनि बिरोध प्रदर्शन गर्दैछ भने जिल्लाका १६ वटा स्थानीय सरकारले सरकारको निर्णयको बिरोध जनाएका छन् । शनिबार बसेको नेकपाको प्रदेश ५ प्रदेशसभा संसदीय दलमा १४ सभासदले फरक मत दर्ता गराएका थिए ।

पेशागत सञ्जालले साबिक लुम्बिनीका सभासदहरुलाई प्रदर्शनमा सहभागि हुन आग्रह गरेको सञ्जालका सदस्य रुपन्देही ब्यापार संघका अध्यक्ष यम लोहनीले बताए । सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुमा बन्दको आह्वान गरेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९