१६ बैशाख २०८१, आइतबार | April 28, 2024

काँग्रेसको रुपन्देही बन्दले जनजीवन प्रभावित, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (फोटो फिचर)



बुटवल । प्रदेश सरकारको बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका बिरुद्ध नेपाली काँग्रेसले आह्वान गरेको रुपन्देही बन्दको बिहानै देखि प्रभाव देखिएको छ ।

बन्दका कारण मुख्य राजमार्ग सुनसान जस्तै देखिएको छ भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी गुडेका छन् । बुटवलको भित्रि बजारहरुमा खुद्रा पसलहरु खुलेपनि मुख्य बजारमा भने पसल खुलेका छैनन् ।

स्थानीय प्रशासनले आज बिहानबाट लागुहुने गरी बुटवल उपमिहानगरका बिभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र कार्यान्वयन गराउन प्रशासनले मध्यरातीदेखि नै बुटवलमा रहेका प्रदेशसभा क्षेत्र तथा प्रदेश मन्त्रालयको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरेको छ ।

बुटवलको सुरक्षा अवस्था थप कडा बनाउन रुपन्देही आसपासका जिल्लाहरुबाट समेत सशस्त्र र नेपाल प्रहरीको थप फौज मगाइएको सुरक्षा स्रोतले दाबी गरेको छ ।

स्थानीय प्रशासनले प्रदेश मन्त्रालय र प्रदेश सभाको सुरक्षा भन्दै बुटवल उपमहानगरको अधिकांश भागमा आजबाट असोज २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेको छ । हिजो बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।

आईतबार बिहान रुपन्देहीका उद्योग ब्यवसायसंग सम्बन्धित पेशागत सञ्जालले पनि बिरोध प्रदर्शन गर्दैछ भने जिल्लाका १६ वटा स्थानीय सरकारले सरकारको निर्णयको बिरोध जनाएका छन् । शनिबार बसेको नेकपाको प्रदेश ५ प्रदेशसभा संसदीय दलमा १४ सभासदले फरक मत दर्ता गराएका थिए ।

पेशागत सञ्जालले साबिक लुम्बिनीका सभासदहरुलाई प्रदर्शनमा सहभागि हुन आग्रह गरेको सञ्जालका सदस्य रुपन्देही ब्यापार संघका अध्यक्ष यम लोहनीले बताए । सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुमा बन्दको आह्वान गरेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३५ बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका