४ पुस २०८२, शुक्रबार | December 20, 2025

अस्पतालबाट ट्रम्पको भिडियो सन्देश : छिट्टै निको भएर काममा फर्किन्छु



कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट भिडियो सन्देश जारी गर्दा आफु छिट्टै निको भएर काममा फर्किने बताएका छन् ।

आफू भर्ना भएको वाल्टर रिड मेडिकल सेन्टरबाट झण्डै ४ मिनेटको भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू निको हुन थालेको बताएका हुन् ।

ट्रम्पको स्वास्थ्य अवस्थाबारे ह्वाइट हाउसबाटै अलगअलग प्रतिक्रियाहरु आइरहेको बेला ट्रम्पले आफुलाई निको हुँदै गएको महशुस भएको जनाएका छन् । अस्पताल आउने बेलामा बिसञ्चो भएपनि अहिले धेरै सुधार भएको उनले बताएका छन् । उनले वास्तविक परीक्षा अबको केही दिनमा हुने पनि बताएका छन् ।

यसअघि ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले ट्रम्पको स्थितिमा सुधार आएको बताएका थिए । तर, चिफ अफ स्टाफ मार्क मेडोजले भने अझै पनि चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताए पनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पलाई जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी दिइएको छ ।

https://twitter.com/realDonaldTrump/status/1312525833505058816?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1312525833505058816%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fpolitics%2F39147-2020-10-04-01-40-08

तीन दिनअघि कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई शुक्रबारबाट ज्वरो आएपछि सैनिक अस्पताल वाल्टर रिडमा भर्ना गरिएको छ ।

अमेरिकामा राष्ट्रपति चुनाव आउनु एक महिना अघि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार ट्रम्पलाई कोरोना संक्रमण देखिएको हो । ट्रम्पलाई कोरोना लागेपछि राष्ट्रपति निर्वाचनबारे अनेक अड्कलबाजी हुन थालेका छन् ।

केही दिन अघि राष्ट्रपतिका प्रत्यासी ट्रम्प र डेमोक्रयाट पार्टीका उम्मेदवार जो बायडेनबीच भएको पहिलो प्रेसिडेन्टियल डिबेटमा ट्रम्पले कोरोनालाई लिएर बायडनको मजाक उडाएका थिए ।

ट्रम्पले कोरोनाबाट वच्न मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने नियमको धज्जी उडाउँदै आएका छन् ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि जो बायडनको पनि परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको छ । बायडनले सबै अमेरिकीलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको