२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कपिलवस्तुलाई प्रदेश राजधानी बनाउन मागगर्दै तौलिहवामा रिले अनसन



कपिलवस्तु । प्रदेश राजधानी ‘कपिलवस्तु’मा बनाउनुपर्ने र प्रदेशको नाम ‘बुद्ध प्रदेश’ राख्नुपर्ने मागराख्दै शनिबारदेखि तौलिहवामा सुरु भएको रिले अनसन आज पनि जारी छ ।

प्रदेश ५को राजधानी दाङको भालुबाङ बनाउने प्रदेश सरकारको प्रस्ताव विरुद्ध कपिलवस्तुमा रिले अनसन सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यलय तौलिहवा प्रशासनको छेउमा बनाइएको रिले अनशन स्थलमा अनसन जारी छ ।

अनशनमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले हिजोबाट अनशन सुरु गरेका हुने ।

पहिलो दिन अनशनमा समाजसवी रउफ अहमद खा, अशोक गुप्ता, संतोष कसौधन र बृजेश भटरा बसेका छन् ।

बुद्धको नाम बाट ५ नं प्रदेश चिनिने हुदा ईतिहास बोकेको प्राचिन शहर कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने समाज सेवी रउफ अहमद खाँले बताए । उनले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्ताव फिर्ता गर्न मागगर्दै परासीदेखि बर्दियासम्मका जनतालाई पायक पर्ने स्थान कपिलवस्तु भएको जिकिर गरे ।

एक पटकमा चार घन्टा रिले अनशन समय राखिएको छ ।

प्रदेशसभामा पेश भएको लुम्बिनी प्रदेश र भालुबाङ राजधानीमाथि भोलि सोमबारबाट छलफल सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा नेकपाले प्रस्ताव पारित गर्न ह्वीप लगाइसकेको छ । यद्यपी, नेकपाका १४ प्रदेश सांसदले फरकमत दर्ता गराएका छन् ।

बुटवलबाट दाङ राजधानी सार्ने षड्यन्त्र गरेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेस लगायत विभिन्न पेशागत संगठनहरुले बुटवलमा आन्दोलन सुरु गरेका छन् ।

तर, दाङमा भने प्रदेश राजधानीको पक्षमा सबै राजनीतिक दलहरु एकमत भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ५३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब