१ पुस २०८२, मंगलबार | December 16, 2025

आइतबार थपिए २२५३ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या २२ हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमित आइतबार फेरि जना थपिएका छन् ।

१२ हजार ७८४ पीसीआर परीक्षणमा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आइतबारसम्म देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११८९३ जना संक्रमित रहेका छन् ।

थेगिनसक्नु गरी संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समेत समस्या पर्न थालेको छ । संक्रमितहरु धेरैजसो होम आइसोलेसनमा बस्न थालेका छन् । यसरी होम आइसोलेसनमा बस्नेहरु अधिकांश लक्षण नदेखिएका र सामान्य लक्षण मात्रै देखिएका संक्रमितहरु बढी रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : २३ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा