२ चैत्र २०८२, सोमबार | March 17, 2026

प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड प्रयास



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढ्ने गाडी तोडफोड प्रयास भएको छ ।

प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज रूपन्देही बन्दको आयोजना गरेको थियो  ।

बन्दकै क्रममा बुटवलकाे राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्यमन्त्री चढ्दै आएकाे गाडीमा ढुंगा प्रहार गरिएको हो । साँझ साढे ६ बजेतिर हानिएको  ढुंगा लागेर गाडीमा केही क्षति पुगेकाे छ ।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ ।

शनिबार काठमाडौं गएका मुख्यमन्त्री पोखरेल काठमाडौंबाट जहाजमा भरैरहवा हुँदै स्कटिङसहित बुटवल फर्किँदै थिए । ढुंगा प्रहारपछि मुख्यमन्त्री र अन्य गाडीलाई प्रहरी तालिम केन्द्रमा लगिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ०७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित