३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

८३ वर्षीय फरार प्रतिवादी पक्राउ



बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ ।

पाध्यालाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए ।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् ।

बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् । यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उनको भनाइ छ । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये न्यूनतम रु १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन् ।

कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन् । श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो । थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते १०० रुपैयाँ जरिवानासहित ९०० रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतले कैद/जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन् ।

त्रियासी वर्षीया प्रतिवादी पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ । एक वर्षभन्दा कम कैद सजाय तोकिएका प्रतिवादीलाई शुल्क तिराएर छोड्न सक्ने प्रावधान ल्याइएको भए पनि त्यो अदातलले निर्णय गर्ने विषय भएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

पाको उमेरको व्यक्ति भएका कारण पाध्यालाई कोरोनाका बेला धेरै दिन कारागार राख्न असजिलो हुने देखिएको छ । रासस

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ३० बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता