७ आश्विन २०८३, बुधबार | September 23, 2026

विरोधका कार्यक्रमहरुलाई हिंसात्मक नबनाउन मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रदेश ५ को राजधानी सार्ने विषयमा भएका प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति प्रकाशित गर्दै विरोधका कार्यक्रमहरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन आग्रह गरेको हो ।

बन्दका कारण रुपन्देही र आसपासका जिल्लाहरुमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायत आम नागरिकहरुको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको पाइएको आयोगले जनाएको छ ।

आयोगले रुपन्देहीमा भइरहेको बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरुमाथि भएको आगजनी तथा तोडफोडप्रति ध्यानाकर्षण भएको जनाउँदै आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न अपील गरेको छ ।

आफ्नो प्रदेश कार्यालय बुटवलले घटनाका सम्बन्धमा अनुगमन गरिरहेका पनि आयोगले जनाएको छ । आयोगले अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेकोे गाडी तथा अन्यसरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको जनाएको छ ।

‘असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन्’, आयोगले विज्ञप्तिमा जनाएको छ ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोगले स्थानीय प्रशासनको पनि ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : ०७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११