१० बैशाख २०८२, बुधबार | April 23, 2025

विरोधका कार्यक्रमहरुलाई हिंसात्मक नबनाउन मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रदेश ५ को राजधानी सार्ने विषयमा भएका प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति प्रकाशित गर्दै विरोधका कार्यक्रमहरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन आग्रह गरेको हो ।

बन्दका कारण रुपन्देही र आसपासका जिल्लाहरुमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायत आम नागरिकहरुको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको पाइएको आयोगले जनाएको छ ।

आयोगले रुपन्देहीमा भइरहेको बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरुमाथि भएको आगजनी तथा तोडफोडप्रति ध्यानाकर्षण भएको जनाउँदै आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न अपील गरेको छ ।

आफ्नो प्रदेश कार्यालय बुटवलले घटनाका सम्बन्धमा अनुगमन गरिरहेका पनि आयोगले जनाएको छ । आयोगले अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेकोे गाडी तथा अन्यसरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको जनाएको छ ।

‘असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन्’, आयोगले विज्ञप्तिमा जनाएको छ ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोगले स्थानीय प्रशासनको पनि ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : ०७ बजे

लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश

नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले