१ पुस २०८२, मंगलबार | December 16, 2025

पोखराबाट ८ सय बढीले लिए श्रम स्वीकृति



पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भए पनि कोरोना कहरका बीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन ।

चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन । यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन ।

यस्तै, असोज १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए । उनले भने, ‘यसअघि प्रतिदिन एकसयको हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम चाहीँ भएको छ ।’

संक्रमणको जोखिम जारी भएको लक डाउनका कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने उनले बताए ।

कार्यालय स्थापनासँगै गण्डकी प्रदेश सहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरावाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज