११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण भएको छ । संक्रमित हुनेमा ३ वर्षीया बालिका पनि छन् ।

इच्छाकामनाका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको डा. अधिकारीले बताइन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ०० बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न