११ असार २०८३, बिहिबार | June 25, 2026

माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर, २० बर्ष जेल सजाय



माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थे ।

फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा उनलाई एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो ।

उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन्।

अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गरेका थिए तर अदालती सुनुवाईका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।

अदीबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाई भएको थियो ।

पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियुक्त गरेका थिए । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ बर्षको जेल सजाय सुनाइएको थियो ।

यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उनीमाथि लागेको आरोपमाथिको सुनुवाईका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे ।

यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राखेका थिए, कि त उनीहरु निर्वासनमा बस्न बाध्य पारिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ०३ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार