२५ श्रावण २०८३, सोमबार | August 10, 2026

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित



माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् ।

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् ।

मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई भारतको विरोधी र चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेको मानिन्छ। मुइजले पूर्व राष्ट्रपति सोलिहको ‘भारत पहिलो नीति’लाई परिवर्तन गर्ने र मालदिभ्समा रहेका भारतीय सेना हटाउने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन् । जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए ।

यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र मुइजबीच भएको थियो । यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएको थियो। राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो । सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजो दोस्रो पटक निर्वाचन भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’

उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : २७ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको