२४ मंसिर २०८२, बुधबार | December 11, 2025

अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई नेकपाको आग्रह



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टीले अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

चिकित्सा क्षेत्रमा सुधारको लोकप्रिय माग राख्दै विगत २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न नेकपा सचिवालय बैठकले आग्रह गरेको हो

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन अन्त्य गर्न आग्रह गर्दै पत्र पठाएको जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’

सरकारले केसीका धेरै सम्झौता पुरा गरेको र केही कार्यान्यनका क्रममा रहेको प्रधानमन्त्रीले बताएका थिए ।

बैठकमा पार्टीको सांगठनिक एकताबारे छलफल भए पनि मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नभएको श्रेष्ठले जानकारी दिए । तर संवैधानिक निकाषमा नियुक्तिका विषयमा भने छलफल भएको छ  ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल